जनकपुर,१४ फागुन । महोत्तरीको औरही नगरपालिका-२ स्थित अवैध रूपमा सञ्चालन भइरहेको डान्सबारमा प्रहरीले छापा मार्दै ११ जनालाई नियन्त्रणमा लिएको छ।
ब्ल्याक एन्ड ह्वाइट डान्सबार बाट पक्राउ पर्नेमा ८ महिला र ३ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार डान्सबार बिना स्वीकृति सञ्चालन गरिएको र महिला कर्मचारी राखेर सामाजिक मूल्य–मान्यतामा असर पार्ने गतिविधि भइरहेको पाइएकाले कारबाही थालिएको हो।
सोमबार राति पक्राउ परेका सबैलाई मंगलबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। अवैध व्यवसाय सञ्चालन गर्नेहरूमाथि थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया