वीरगन्ज :

अवैध चाँदी–सुन कारोबार संलग्न चार भारतीय पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

2 months
Pradeep Sah
2.5kViews
1409 Shares

काठमाडौं, १२ फागुन । प्रहरीले भन्सार छली गरी ल्याइएको चाँदी र सुनसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतको महाराष्ट्र, सोलापुरका एकनाथ दशरथ खाडेकर (४२), वैभव घुतुगेड (१९), सम्राट यादव (२९) र दिनेश मेहेती (४०) रहेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२४, नरदेवीस्थित एक घरमा अवैध सुन–चाँदीको कारोबार भइरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले छापा मार्दा उनीहरूको साथबाट ५ किलो ६ सय ग्राम चाँदी, २४७.७२० ग्राम सुन र नगद १० लाख ७५ हजार रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। भन्सार छली सुनचाँदी ओसारपसारको बढ्दो घटनालाई मध्यनजर गर्दै प्रहरीले निगरानी थप कडा बनाउने चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *