
श्रेणी : प्रदेश
नवलपरासी, २४ पुस । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने क्षेत्रस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरका कारण अवरुद्ध भएको बुटवल–नारायणगढ खण्ड अहिले एकतर्फी सञ्चालनमा आएको छ ।
दिउँसो २ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको जानकारी जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहराले दिएका छन्। सवारीसाधनलाई सवारी पासको आधारमा आलोपालो सञ्चालन गरिएको छ ।
पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा मङ्गलबारदेखि लगातारको शीतलहर र हुस्सुको कारण यात्रा निकै चुनौतीपूर्ण बनेको थियो, जसका कारण आज बिहान यो खण्डको सवारी आवागमन रोकिएको थियो ।
दुईतर्फी सडक सञ्चालनमा ल्याउनका लागि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, प्रहरी र स्थानीयले निरन्तर सडक मर्मत र सफाइको काम गरिरहेका छन् ।

प्रतिक्रिया