वीरगन्ज :

अर्थशास्त्रतर्फको नोबल पुरस्कार तीन अर्थशास्त्रीलाई

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
4Views
0 Shares

यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भका पूर्व अध्यक्ष बेन बरनान्केसहित तीन जनाले पाउने भएका छन् । बरनान्केसँगै डौग्लास डायमन्ड र फिलिप डाइबविगलाई अर्थशास्त्र तर्फको नोबल पुरस्कार दिन लागिएको हो ।

बैंक तथा वित्तीय संस्था र आर्थिक मन्दीमा उनीहरुले गरेको कामलाई मूल्यांकन गर्दै अर्थशास्त्र तर्फको नोबल पुरस्कारले सम्मान गर्न लागिएको हो । सन् १९८० को सुरुवातमा यी तीनजनाको समूहले गरेको कामलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले पहिचान गर्दै स्वीकार गरेको थियो ।

यो समूहले गरेको कामले बैंकहरुको आवश्यक किन छ भन्ने बारे आधुनिक बुझाईको धरातल स्थापित गर्न सफल भएको जनाएको छ। यसको प्रमुख कमजोरी र बैंकहरु ध्वस्त भए भने त्यसले कसरी आर्थिक मन्दीलाई बढावा दिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान गरेका थिए ।

बरनान्केले सन् २००८ को आर्थिक मन्दीमा अमेरिकाको केन्द्रिय बैंकको नेतृत्व गरेका थिए। उनलाई ‘ग्रेट डिप्रेसन’ नामक रिसर्चमा पुरस्कृत गरिएको छ। उनको अध्ययनले बैंकहरु सञ्चालन भइरहेको त्यतिबेलाको अवस्थाकै कारण आर्थिक मन्दी थप गहिरिएर विस्तार भएको खुलासा गरेको थियो ।

तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले नियुक्त गरेका बर्नान्केलाई त्यसपछि आएका राष्ट्रपति बराक ओबामाले समेत निरन्तरता दिएका थिए । डायमन्ड युनिभर्सिटी अफ सिकागोका अर्थशास्त्री हुन् भने डाइबविग भने वासिङटन युनिभर्सिटीमा सक्रिय छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *