वीरगन्ज :

अर्थमन्त्रीको स्पष्टीकरणः निर्वाचन कार्यालय खारेज हुँदैनन्

श्रेणी : BANNER

2 years
birgunj report
26Views
0 Shares

काठमाडौं । सरकारले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने स्पष्ट पारेको छ । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा अवरोध गरेपछि जवाफ मंगलबारको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय यथावत रहने बताएका हुन् ।

उनले भने,’निर्वाचन आयोगको स्वतन्त्र पक्षपाती छौँ कहीँ कतै शंका उब्जने ठाउँ रहन नदिन सरकारको सम्पूर्ण प्रयास रहन्छ । निर्वाचन आयोगको कार्यालय खारेजी भनेका थिएनौँ तर खारेजी भन्ने शब्द गयो । मेरो पार्टी र सरकार निर्वाचन कार्यालयको स्वतन्त्रतालाई कही पनि कम्प्रमाइज गर्न दिँदैन ।’

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय तत्काल सच्याउन माग गर्दै सदन अवरूद्ध पारेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *