श्रेणी : अर्थ
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताएका छन् ।
बुधबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघसँगको छलफलमा मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताएका हुन् ।
उनले अहिले सबैको साझा सरोकारको विषय आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान खोज्ने र सबल अर्थतन्त्रमा निर्माण गर्न सकिने बताए ।
उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी सबल अर्थतन्त्र बनाउन सबैले एउटा एउटा इट्टा थप्दै जानुपर्ने आवश्यकता रहेको बताए । उनले मुलुकको अर्थतन्त्र काबुभन्दा बाहिर नभए पनि समस्या भने रहेको बताए । ।
उनले भने, ‘मुलुकको अर्थतन्त्र काबु भन्दा बाहिर गएको भन्ने होइन । तर अर्थतन्त्रमा समस्याहरु छन् । यदि मिस ह्यण्डिल गर्यो भने अर्थतन्त्र अफ्ठ्यारोमा पर्नसक्छ ।’
प्रतिक्रिया