
श्रेणी : अर्थ
25Views
0
Shares
काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार साँझ मन्त्रालय पुगेर पदभारग्रहण गरेसँगै मन्त्री पौडेलले अर्थमन्त्रालय मातहतका निकायलाई अनलाइन प्रणालीबाट व्यवस्थित बनाउने निर्णय गरेका छन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले अर्थतन्त्रका क्षेत्रमा देखिएका सम्पूर्ण समस्या समाधान गर्न आफू लागि पर्ने बताएका छन् ।
विगतको अर्थतन्त्रबाट चिन्तित हुने अवस्थालाई सुधार्ने उनको भनाइ थियो । समस्या समाधानका लागि अर्थ जगतका सबै क्षेत्र र विषय विज्ञसँग आवश्यक छलफल गरी निर्णय लिने उनले बताए । अर्थमन्त्रीका रूपमा यो उनको तेस्रो कार्यकाल हो ।


प्रतिक्रिया