
श्रेणी : राजनीति
काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्युनतम साझा कार्यक्रममा दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेण्डाको रुपमा अघि सारेको बताएका छन् ।
सोमबार काठमाडौंमा ग्लोवल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीचको एकीकृत कारोवारको सुरुवात कार्यक्रममा प्रधानमन्त्रीले सरकारका न्युनतम साझा कार्यक्रममा समृद्धिको अभियानमा बाधक रहेका नीति,ऐन र संरचना फेर्ने कुरा समावेश गरिएको बताएका हुन् । उनले अर्थतन्त्रका समस्या समाधानका लागि छिटोछिटो प्रभावकारी दिशामा अघि बढ्ने बताए ।
प्रधानमन्त्रीले वित्तीय, मौद्रिक, पूँजीबजर, सहकारी, बीमा र निजी कम्पनीका निकायहरुबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक, नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने बताए ।
प्रधानमन्त्रीले युवालाई उत्पादनका क्षेत्रमा लाभदायी रोजगारी तथा उद्यमका अवसरमा लगाउनु पनि सरकारको लागि चुनौति रहेकाले जटिल र चुनौतिपूर्ण अवस्थाबाट सफल अवतरण गर्न सरकारले तत्काल केही सुधार र केही संरचनागत सुधार गर्नुपर्ने बताए । अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा नतिजामुखी काम तत्काल गर्नुपर्ने आवश्यकता रहेको बताए ।


प्रतिक्रिया