वीरगन्ज :

अर्जेन्टिनालाई विश्वकपको उपाधि

श्रेणी : खेलकुद

3 years
birgunj report
27Views
0 Shares

काठमाडौं । फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति कतारको लुसेल स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गरेको हो । निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । पेनाल्टी शुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे । फ्रान्सका लागि केलियन एम्बाप्पे र कोलो मुनीले मात्र गोल गर्न सके । किङ्सली कोमन र चोमेनीले गोल गर्न सकेनन् ।

यसअघि अर्जेन्टिनाका लागि लियोनल मेस्सीले दुई र एन्जेल डी मारियाले एक गोल गरे । फ्रान्सका लागि केलियन एम्बाप्पेले ’ह्याट्रिक’ गरे । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । यसअघि सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेको थियो । त्यसअघि सन् १९७८ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *