वीरगन्ज :

अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु

श्रेणी : अर्थ

3 years
birgunj report
15Views
0 Shares

काठमाडौं । अर्घाखाँची सिमेन्टले भारतमा निर्यात शुरू गरेको छ । अर्घाखाँची सिमेन्टले पहिलो पटक १४ सय बोरा सिमेन्ट भारतमा पठाएको हो ।

सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने निर्णय गरेसँगै व्यवसायी निकासी गर्न तयार भएका हुन् ।

सरकारले निर्यातको कार्यविधि बनाएसँगै अर्घाखाँची सिमेन्टले निर्यात थालेको छ । सरकारले ३० प्रतिशत मूल्यअभिवृद्धि गरी ५० करोडमाथिको निर्यात गर्दा ८ प्रतिशतसम्म नगद अनुदान र ५० करोडमुनिको निर्यात गर्दा सिमेन्टमा ४ प्रतिशत नगद अनुदान दिने निर्यात प्रोत्साहन कार्यविधि बनाएको छ । गत असारमा तानसेन सिमेन्टले पनि निर्यात थालेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *