वीरगन्ज :

अर्घाखाँचीमा पहिरोले घर पुर्दा तीन बालबालिकाको मृत्यु

श्रेणी : BANNER

2 years
birgunj report
23Views
0 Shares

अर्घाखाँची । अर्घाखाँचीको पणेनामा मंगलबार विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।
पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए ।

पाणिनि–१ पणेनाको गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा च्यापिएर उनीहरुको मृत्यु भएको उनको भनाइ छ । मृत्यु हुनेमा ११ वर्षे अञ्जु रास्कोटी, १० वर्षे धनबहादुर रास्कोटी र १२ वर्षे खुमबहादुर रास्कोटी छन् ।

साथै सकुशल उद्धार गरिएका १४ वर्षे सचिन रास्कोटीलाई उपचारका लागि पाल्पा पठाइएको वडा नम्बर १ का अध्यक्ष कमल पोख्रेलले जानकारी दिए। घरमा छ जना बस्दै आएकोमा दुई जना गोठको काम गरिरहेका अवस्थामा पहिरो खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *