वीरगन्ज :

अयोग्य लडाकूलाई रकम बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छः महामन्त्री थापा

श्रेणी : BANNER

2 years
birgunj report
30Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अयोग्य लडाकूलाई रकम बाँड्ने सरकारको निर्णय गलत भएको बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत महामन्त्री थापाले राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठूलो रकम अयोग्य लडाकूलाई बाँड्ने सरकारको निर्णय गलत भएको बताएका हुन् ।

उनले भनेका छन्,‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठूलो रकम अयोग्य लडाकूलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेकोले सरकार रकम बाँड्न होइन पीडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित होस्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *