वीरगन्ज :

अमेरिकी आकाशमा चीनको जासुसी बलुन

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
5Views
0 Shares

यसैसाता उत्तरी अमेरिकाको आकाशमा देखिएको एक सन्दिग्ध चिनियाँ जासुसी बलुनको अमेरिकाले निगरानी गरिरहेको छ । एक सम्मेलनमा पेन्टागनका अधिकारीहरूले आफूहरू उच्च स्थानमा उड्ने उक्त निगरानी बलुन चीनकै भएकोमा विश्वस्त रहेको बताए ।

अमेरिकी सेना प्रमुखहरूले सुरक्षा जोखिमका कारण देखाउँदै कथित जासुसी उपकरणलाई आफ्नो आकाशमा उड्न नदिने निर्णय गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनलाई यस अवस्थाबारे जानकारी गराइएको पेन्टागनले जनाएको छ ।

ह्वाइट हाउसले अधिकारीहरूलाई उक्त बलुनलाई प्रहार गर्ने आदेश दिएको खण्डमा अमेरिकी सरकार एफ–२२ लगायतका लडाकु विमानहरूसहित तयारी अवस्थामा रहेको पहिचान गोप्य राख्ने सर्तमा एक जना रक्षा अधिकारीले जानकारी दिएका छन् ।

उक्त उड्डयन सामग्री बुधबार निकै कम जनसङ्ख्या भएको पश्चिमी अमेरिकी राज्य मोन्टानामा देखिएको थियो । त्यहाँ पारमाणविक क्षेप्यास्त्रको अड्डा छ । पेन्टागनका अधिकारीहरूका अनुसार बुधबार खतराको आकलन गर्न रक्षामन्त्री लोइड अस्टिन र यूएस चिफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क मिली लगायत अमेरिकी सेनाका उच्च अधिकारीहरूको बैठक बसेका थिए ।

सैन्य कमान्डरहरूले बलुनविरुद्ध गति केन्द्रित कारबाही नगर्न सल्लाह दिए । त्यसो गर्दा त्यसको भग्नावशेष भुईँमा खस्ने जोखिम हुने उनीहरूको राय छ । त्यो बेलुन ठ्याक्कै कहाँ छ र कता जाँदै छ भनेर थाहा भएकाले अमेरिकी गुप्तचरविरुद्ध उल्लेखनीय रूपमा खतरा नभएको वरिष्ठ रक्षा अधिकारीले बताए ।

बलुन व्यावसायिक एअरलाइन्सको विमान उड्नेभन्दा धेरै माथि रहेकाले नागरिक उड्डयनमा पनि कुनै खतरा नभएको उनले बताए । अमेरिकाले वासिङ्टन डिसीस्थित चिनियाँ दूतावास र बेइजिङमा रहेका चिनियाँ अधिकारीहरू समक्ष यस विषय उठाएको रक्षा अधिकारीले जानकारी दिए। सन्दिग्ध वस्तु बुधवार मोन्टाना सहरमा देखा पर्नुअघि अलास्काको अलेउटियन टापुहरू र क्यानडा हुँदै बिलिङ्ग्समा उडेको अधिकारीहरूले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *