वीरगन्ज :

अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब

श्रेणी : अन्तर्राष्ट्रिय

1 year
Pradeep Sah
2.1kViews
1985 Shares

काठमाडौं,२५ माघ । अमेरिकी सञ्चारमाध्यमहरूले एलन मस्कले २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब दिएको खुलासा गरेका छन्। ट्रम्प प्रशासनमा सरकारी दक्षता विभागको नेतृत्व सम्हालेका मस्कले गोप्य इमेलमार्फत कर्मचारीलाई जागिरबाट बिदा हुन निर्देशन दिएको दाबी गरिएको छ।

फर्च्युनका अनुसार मस्कले सरकारी कर्मचारी हटाएर आफ्ना कम्पनीका कर्मचारी नियुक्त गर्न चाहेको आशंका गरिएको छ। मस्क टेस्ला, स्पेस एक्स, र एक्स कम्पनीका मालिक हुन्। ट्रम्पले उनलाई राष्ट्रपतिको कार्यकालमा सरकारी दक्षता विभागको नेतृत्व सुम्पेका थिए।

ह्वाइट हाउस रिपोर्टर जोनाथन स्वानले न्यूयोर्क टाइम्सको पोडकास्ट ‘द डेली’ मा मस्कको कार्यशैलीबारे चर्चा गरेका छन्। स्वानका अनुसार मस्कले कार्यस्थलमा दानवीय शैलीको घुसपैठ गर्दै कर्मचारी कटौती र रातभर जाग्राम बस्ने संस्कृतिलाई सरकारी क्षेत्रमा पनि लगाउन खोजेका छन्।

यो घटनाले वासिङ्टनका सरकारी कार्यालयहरूमा अराजकता सिर्जना गरेको र कर्मचारीहरूमा डर फैलाएको बताइएको छ। स्वानले ट्रम्पले मस्कको प्रयासलाई पुरस्कृत गरिरहेको आरोप समेत लगाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *