वीरगन्ज :

अमेरिकामा एल निनोको कारण प्रचण्ड गर्मी

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
12Views
0 Shares

अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय वैज्ञानिकहरूले एल नीनो जलवायु परिवर्तन आउन लागेको र यसले चरम मौसम र उच्च तापक्रमको जोखिम बढाएको बताएका छन् ।

भूमध्यरेखा नजिकैको मध्य र पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रम पछिल्लो पटक सन् २०१८–१९ मा औसतभन्दा बढी तातो भएको, मौसमको सामान्य ढाँचामा परिवर्तन भएको थियो ।

यो अवस्था औसतमा प्रत्येक २ देखि ७ वर्षमा देखिने गर्छ । एनओएएका जलवायु वैज्ञानिक मिचेल लह्युरेक्सले एल निनोले विश्वका केही स्थानहरूमा भारी वर्षा र खडेरीको जोखिम बढाउने जस्ता विभिन्न प्रभावहरू निम्त्याउने बताए ।

यसै साता, अस्ट्रेलियाले अल निनोले भीषण डढेलोको जोखिममा रहेको क्षेत्रमा अत्यधिक न्यानो र सुख्खा मौसम निम्त्याउने चेतावनी दिएको थियो भने जापानले एल निनोले वसन्तका लागि आंशिक रूपमा तापक्रम बढाउने बताएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *