वीरगन्ज :

अमिशा पराजुलीद्वारा साइबर ब्युरोमा उजुरी, धम्की र चरित्रहत्या विरुद्ध कारबाही माग

श्रेणी : प्रदेश

2 hours
Pradeep Sah
1.9kViews
1384 Shares

काठमाडौँ,१८ चैत । नेकपा (एमाले) समर्थक जेनजी अमिशा पराजुलीले सामाजिक सञ्जालमा आफूविरुद्ध आएका गालीगलौज, चरित्र हत्या र धम्कीजन्य टिप्पणीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन्।

भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा दिएको उजुरीमा उनले सामाजिक सञ्जालमा फैलाइएका आपत्तिजनक सामग्री, भिडियोको दुरुपयोग तथा बलात्कारको धम्कीसमेत भएको उल्लेख गरेकी छन्।

पराजुलीका अनुसार आफूले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिपछि लक्षित गरी अनलाइनमा निरन्तर दुर्व्यवहार र साइबर बुलिङ भइरहेको छ। उनले सबै प्रकारका आपत्तिजनक टिप्पणी र धम्कीलाई एकमुष्ट रूपमा उजुरीमा समेटेको बताएकी छन्।

उनले आफूले कुनै गलत कार्य वा अभिव्यक्ति नदिएको दाबी गर्दै परिवारको पूर्ण समर्थन रहेको पनि बताइन्।

यसअघि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउसम्बन्धी विषयमा असंवैधानिक भएको भन्दै प्रतिक्रिया दिएपछि सामाजिक सञ्जालमा बहस र आलोचना चर्किएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *