![](https://birgunjreport.com/wp-content/uploads/2025/01/petrolium-pipeline_3Sow0ADnq8.webp)
श्रेणी : अन्तर्राष्ट्रिय
बारा,२३ पुस । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६९ किलोमिटरको पेट्रोलियम पाइपलाइन विस्तारको कामले गति लिने तयारी भएको छ। नेपाल आयल निगमका प्रवक्ता इञ्जिनियर मनोज ठाकुरका अनुसार, नेपाल र भारतका उच्चस्तरीय प्राविधिक टोलीले फील्ड अध्ययन पूरा गरी डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) निर्माणको काम अघि बढाइरहेका छन्।
प्रवक्ता ठाकुरले पाइपलाइन विस्तारसँगै लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमताको निर्माण हुने जानकारी दिए। यस पाइपलाइनले पश्चिमी र उत्तरी नेपालमा पेट्रोलियम पदार्थको अभाव कम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
यसैबीच, मोतीहारी-अमलेखगञ्ज पाइपलाइन विस्तारको काम सफलतापूर्वक सम्पन्न भएको छ। परीक्षणका क्रममा पाँच हजार पाँच सय केएल पेट्रोल र एक हजार केएल मट्टितेल पाइपलाइनमार्फत ल्याइएको छ। नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयङ्कर आचार्यका अनुसार परीक्षण सकारात्मक रहेको छ र नियमित आयातको तयारी भइरहेको छ।
यो पाइपलाइनले नेपाल-भारत ऊर्जा साझेदारीलाई थप सुदृढ बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया