
श्रेणी : अपराध
2.9kViews
1875
Shares
वीरगन्ज, २८ माघ । बारा प्रहरीले ७०० लिटरभन्दा बढी अवैध मदिरा बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जलबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्ज चोकमा सवारी चेकजाँचका क्रममा ठूलो मात्रामा अवैध घरेलु मदिरा बरामद गरेको हाे् ।
हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेका विभिन्न सवारी साधन जाँच गर्दा लुकाइछिपाइ राखिएको २५ पोका र ५ ग्यालनमा रहेको ७५० लिटर अवैध मदिरा फेला पारेको हो ।
बरामद मदिराको बजार मूल्य करिब ७५,००० रुपैयाँ रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
अवैध मदिरा नियन्त्रणलाई कडाइका साथ निरन्तरता दिने प्रहरीको प्रतिबद्धता रहेको छ ।

प्रतिक्रिया