वीरगन्ज :

अमलेखगञ्जमा २.९९ किलो अफिमसहित पर्साका युवक पक्राउ

श्रेणी : अपराध

4 days
Pradeep Sah
2.9kViews
1116 Shares

बीरगन्ज,२७ चैत । बाराको अमलेखगञ्जमा ठूलो मात्रामा लागू औषध अफिमसहित पर्साका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा जिल्ला, बहुदरमाई नगरपालिका–६ गम्हरिया निवासी ३२ वर्षीय सरोज प्रसाद साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

हेटौंडाबाट बीरगन्जतर्फ जाँदै गरेको प्र.२–०३–००९ प ३८७८ नम्बरको पल्सर मोटरसाइकल अमलेखगञ्जमा शंका लागेर चेकजाँच गर्दा उक्त मोटरसाइकलबाट २ किलो ९९ ग्राम अफिम बरामद भएको हो। चेकजाँचको नेतृत्व प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीले गरेका थिए।

प्रहरीका अनुसार अफिमसहित मोटरसाइकललाई पनि नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। लागू औषध नियन्त्रण अभियानलाई सशक्त बनाउँदै आइरहेको प्रहरीले यस घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *