वीरगन्ज,०५ फाल्ग । जीतपुरसिमरा उपमहानगरपालिका – २२ स्थित अमलेखगञ्जमा आइतबार राती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेको बसले अमलेखगञ्जको होटेल क्विकट्वेन्टी अगाडिको सडकमा प्र.०२–०३–०१३प ३२३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन । जीतपुरसिमरा – २१ का वडाध्यक्ष सुवास श्रेष्ठले दुर्घटना लगत्तै प्रहरी र स्थानीयको सहयोगमा मृतक र घाइतेलाई उद्धार गरेर हेटौडा अस्पताल पठाइएको बताए ।
मोटरसाइकललाई ठक्कर दिई फरार भएको बसलाई भने प्रहरीले रातोमाटेबाट नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया