वीरगन्ज :

अभिनेता सारुक ताम्राकार मृत फेला

श्रेणी : समाचार

2 years
birgunj report
11Views
0 Shares

काठमाडौं । अभिनेता सारुक ताम्राकार मृत भेटिएका छन् । काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार राति उनी झुण्डिएको अवस्थामा मृत भेटिएका काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

उनको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आत्महत्या गर्नुको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रिजालले बताए । ताम्राकारले फिल्म रानी, मेरी मामु र इन्टु मिन्टु लण्डनमा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *