वीरगन्ज :

अब २७ वर्ष नकटेसम्म इन्स्पेक्टरमा आवेदन दिन पाइने

श्रेणी : BANNER

2 months
Pradeep Sah
1.9kViews
1243 Shares

काठमाडौं,१७ माघ । नेपाल प्रहरीको प्रहरी निरीक्षक ९इन्स्पेक्टर० मा अब २७ वर्षसम्मका युवाले दर्खास्त दिनसक्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति हुने इन्स्पेक्टर पदमा २१ वर्ष पूरा भइ २७ वर्ष ननाघेकाले आवेदन दिनसक्ने व्यवस्था गरिएको हो ।

यसअघि प्रहरी निरीक्षकका लागि २५ वर्षसम्मकाले आवेदन दिन पाउने व्यवस्था थियो । नेपाल प्रहरीका एक अधिकृतका अनुसार, पहिले स्नातक तहको परीक्षा दुई वा तीन वर्षमा पूरा हुने परिकल्पनाका आधारमा इन्स्पेक्टरमा आवेदन दिन २५ वर्ष उमेर तोकिएको थियो ।

तर, अहिले स्नातक तहको कार्यक्रम ४ वर्ष पुगिसकेको अवस्थामा त्यसलाई समयानुकूल परिमार्जन गरिएको एक प्रहरी अधिकृतले बताए । ‘बीए एलएलबी पढिसक्न अहिले पाँच वर्ष लाग्छ, उनीहरु प्रतिस्पर्धामै नआउने भए’, ती अधिकृतले भने, ।

पछिल्लो समय इन्स्पेक्टरमा दर्खास्त दिनेकै संख्या कम भइरहेको बेला प्रहरी प्रधान कार्यालयले यस्तो प्रस्ताव अघि सारेको थियो । यसपछि गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्‌बाट निर्णय भएर संसद्‌मा दर्ता विधेयकमा यो प्रस्ताव गरिएको हो ।
प्रस्तावित विधेयकमा प्रहरी सहायक निरीक्षक ९असई० मा भर्ना हुन १८ वर्ष पूरा भएर २५ वर्ष ननाघेको हुनुपर्ने, प्रहरी जवानमा भर्ना हुन १८ वर्ष पूरा भएर २३ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ ।

प्रहरी कार्यालय, सहयोगी पदमा १८ वर्ष पूरा भएर २५ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ । प्राविधिकतर्फ भने प्रहरी नायब उपरीक्षक ९डीएसपी० मा २३ वर्ष पूरा भइ २५ वर्ष ननाघेकाले प्रतिष्पर्धा गर्न सक्ने भनिएको छ ।

प्राविधिक प्रहरी इन्स्पेक्टरका लागि २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *