वीरगन्ज :

अब संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छः बाबुराम भट्टराई

श्रेणी : राजनीति

3 years
birgunj report
42Views
0 Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान संशोधन गरी निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् ।

सामाजिक संजालमार्फत भट्टराईले यो निर्वाचन प्रणाली रहुन्जेल कुनै पनि दलको बहुमत नआउने र देश सधैं अस्थीरतामा फसिरहने भएकाले निर्वाचन प्रणाली बदल्नु पर्ने बताएका हुन् ।

उनले त्यसका लागि राष्ट्रिय सहमतिको सरकार बनाएर संविधान संशोधन गर्न दलहरु लाग्नु पर्ने बताए ।

उनले भनेका छन्, ‘वर्तमान निर्वाचन प्रणाली रहुन्जेल कुनै दलको बहुमत नआउने र देश सधैं अस्थीरतामा फसिरहने भएपछि यसो गरे कसो होला ?–राष्ट्रिय सहमतिको सरकार बनाएर टिआरसी लगायत शान्तिप्रकृयाका बाँकी काम टुंग्याउने, सीमा विवाद हल गर्ने, संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्ने– अनि स्वस्थ प्रतिस्पर्धा गर्ने?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *