वीरगन्ज :

अब ट्राफिक प्रहरीले चालकको चाबी खोस्न नपाउने

श्रेणी : BANNER

5 months
Pradeep Sah
1.8kViews
1479 Shares

काठमाडौं,१० माघ । सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले चालकको चाबी खोस्न नपाउने भएको छ। पाटन उच्च अदालतले यस्तो कार्यलाई गैरकानुनी ठहर गर्दै कानुन बमोजिम मात्र कार्य गर्न प्रहरीलाई आदेश दिएको छ।

न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले माघ १६ गते यस्तो आदेश जारी गरेको हो। अदालतले सवारी चालकको चाबी खोस्ने कार्यले संविधानको धारा १६ र १७ ले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने र स्वतन्त्रताको अधिकारको उल्लङ्घन हुने भन्दै रोक्न निर्देशन दिएको छ।

कात्तिक २१ गते विवेक चौधरीले पाटन उच्च अदालतमा दायर गरेको रिटमा सवारी चालकको चाबी खोस्ने कार्यलाई निजी सम्पत्तिमा हस्तक्षेपका रूपमा व्याख्या गरिएको थियो। अदालतले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ का दफा १६० र १६४ अनुसार प्रहरीलाई कारबाहीका लागि अधिकार भए पनि चाबी खोस्ने अधिकार नभएको स्पष्ट पारेको छ।

निर्देशनात्मक आदेशमा ट्राफिक प्रहरीले कानुनको दायराभित्र रहेर मात्रै सवारी जाँच गर्नुपर्ने बताइएको छ। अदालतको आदेशपछि अब ट्राफिक प्रहरीले मनोमानी रूपमा चाबी खोस्न पाउने छैन।

पछिल्ला दिनमा विदेशी पर्यटकको समेत चाबी खोसिएको घटनाले विवाद बढेपछि यो विषयमा थप चासो देखिएको थियो। आदेशको पूर्ण विवरण भने अझै सार्वजनिक भइसकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *