वीरगन्ज :

अब कोरा नारा छाडौँ, सही प्रकारको राज्य पद्धतिका निम्ति सोचौँ : पूर्वराजा शाह

श्रेणी : BANNER

2 years
birgunj report
15Views
0 Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्ला तीन दशकमा नागरिकमा चरम विद्रोहभाव देखिएको बताएका छन् । नयाँ वर्षको अवसमा बिहीबार शुभकामना सन्देश जारी गरी पूर्वराजा शाहले अब कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहीन आरोप थोपरेर नहुने उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, ‘अब कोरा नारा छाडौँ, सही प्रकारको राज्य पद्धतिका निम्ति सोचौँ, सबै खाले गल्ती सच्याउनेतिर लागौँ । देशलाई थाहा पाई पाई बरबादीतिर नधकेलौँ ।’ उनले राजनीति र राज्य सञ्चालनको प्रक्रियामा इमान्दारीताको अभावका कारण देशमा बेथिति, अविश्वास, द्वन्द्व र जटिलता देखिएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *