
श्रेणी : मधेस
बीरगन्ज, ११ चैत्र । बीरगन्ज महानगरपालिका वडा नम्बर २९ स्थित रतनपुर गाउँमा रहेको अबैध समिलको सम्पूर्ण उपकरण डिबिजन बन कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । समिल सञ्चालन गर्दै आएको नुरहोदा खानले करीब १० वर्षदेखि अबैध रूपमा समिल चलाउँदै आएको बताइएको छ ।
डिबिजन बन कार्यालय पर्साका प्रमुख मनजुर अहमदका अनुसार, केही दिनअघि समिलबाट अबैध काठ चिरान गरिरहेको अवस्थामा काठ बरामद गरिएको थियो । काठ बरामद गरेपछि समिलको वैधानिक कागजात पेश गर्न भनिएता पनि समिल संचालकले कागजात प्रस्तुत गर्न सकेन। त्यसपछि समिललाई अबैध ठहर गर्दै आज त्यसका सम्पूर्ण उपकरण नियन्त्रणमा लिइयो ।
समिल नियन्त्रणमा लिन बनकर्मी र सुरक्षा बलको संयुक्त टोली खटाइएको थियो । बनकर्मीको टोली पुग्दा समिल संचालक फरार भएको जानकारी प्राप्त भएको छ। डिबिजन बन कार्यालय पर्साले शसस्त्र प्रहरी र जनपथ प्रहरीको थप सहयोग पनि लिएको थियो ।

प्रतिक्रिया