वीरगन्ज :

अबैध रुपमा संचालित २ वटा कलेजमा सिलबन्दी

अबैध रुपमा संचालित २ वटा कलेजमा सिलबन्दी

श्रेणी : BANNER

2 years
Pradeep Sah
170Views
0 Shares

वीरगंज (पर्सा), १८ भदौ । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित श्री माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा अवैध रूपले कब्जा जमाएको अन्नपूर्ण कलेजमा सिलबन्दी गरिएको छ । कलेज सञ्चालनका लागि आवश्यक अनुमति समेत नलिएर अवैध रूपमा विद्यालय भवनमाथि कब्जा जमाएको पाएपछि महानगरले कलेजमा सिलबन्दी गरेको हो ।

जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार (मुन्ना सर्राफ) को नेतृत्वमा पुगेको टोलीले विद्यालय भवनको मुख्य द्वारमा सिलबन्दी गरेको महानगरद्वारा गठित नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवले जानकारी दिए । त्यस्तै महानगरको टोलीले वीरगञ्ज महानगरपालिका – ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा पनि सिलबन्दी गरेको छ । युनिभर्सल एकेडेमीले पनि कलेज सञ्चालनका लागि आवश्यक अनुमति नलिएको पाएपछि महानगरले सिलबन्दी गरेको नियमन समितिका संयोजक यादवले जानकारी दिए ।

यसअघि भदौ १३ गते पनि वीरगञ्ज महानगरको टोलीले आवश्यक अनुमति नलिएको भन्दै वीरगंज स्कूल अफ ल, इम्पेरियल कलेज र बिजी बी किड्समा सिलबन्दी गरेको थियो । अनुगमन समितिमा वडा नम्बर १६ का वडा अध्यक्ष परशुराम चौरसिया, शिक्षा महाशाखाका अधिकृत सिर्जना बुढाथोकी, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी इन्चार्ज हरि भुषाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि ब्रह्मदेव प्रसाद यादव लगायत सञ्चारकर्मी एवम् जनप्रतिनिधिको सहभागिता रहेको थियो । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *