वीरगन्ज :

अबको १७ महिना सरकार नढल्ने प्रधानमन्त्रीकाे दाबी

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.1kViews
1692 Shares

काठमाडौं, ०५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धनमा बनेको वर्तमान सरकार कुनै हालतमा नढल्ने दाबी गरेका छन् । सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले स्थिर सरकारको आधार बलियो रहेको बताएका हुन ।

प्रधानमन्त्री ओलीले कांग्रेससँगको सहमति अनुसार आफू ७ महिना प्रधानमन्त्री भइसकेको र अबको १७ महिनामा स्वेच्छिक रूपमा पद छोड्ने बताएका छन् ।

“यो सरकार ढलिहाल्छ भन्ने कुनै सम्भावना छैन। बलिया पार्टीहरू मिलेर बलियो सरकार बनाएका छौँ। अब १७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई पद हस्तान्तरण गर्छु,” ओलीले भने ।

उनले आफूलाई हटाउन कुनै बल प्रयोगको आवश्यक नरहेको बताउँदै, “केपी ओलीलाई हराउनका लागि कुनै बल लगाउनु पर्दैन । समय आएपछि आफैं पद छाड्छु उनले भने ।”

प्रधानमन्त्री ओलीले सरकार टिक्ने कुरामा कुनै आशंका गर्न नपर्ने बताउँदै, “१७ महिनासम्म तोप हाने पनि सरकार नढल्ने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *