
श्रेणी : BANNER
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनौतिपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम भएको बताएका छन् ।
नयाँ सरकार गठनपछि सोमबार बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री प्रचण्डले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।
उनले अबको सरकारले सुशासन कायम गर्नेपनि बताए । उनले राहदानी, सवारीचालक अनुमतिपत्रमा आम सर्वसाधारण जनताले खेप्नु परिरहेको समस्यालाई समाधान गर्नेकुरा पनि पहिलो प्राथमिकतामा रहेको बताए ।
त्यस्तै बैठकले बैठकले चाँडै प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय पनि गरेको छ । उनले भने,‘यो मन्त्रिपरिषद्ले । एउटा आशा जगाएको छ । हामीले आजको बैठकमा नेपालको अर्थतन्त्रको स्थिति जसरी जटिल र चुनौतिपूर्ण दिशातिर छ त्यसलाई सुधार्ने, प्रभावकारी उपायमा केन्द्रित भएर अघि बढ्ने कुरा, सुशासनतिर गम्भीर ढंगले अघि बढ्नेकुरा र जनताले ठाउँ ठाउँमा पाइराखेका सास्ती र दुःखलाई कम गराउने, जस्तो राहदानी, लाइसेन्स सम्बन्धी लामा लाइन देखेका छौँ, यसको प्रभावकारी सेवा दिने किसिममा केन्द्रित भएका छौँ ।’
प्रधानमन्त्रीले मन्त्रिपरिषदमा आउनुभएका सबैको नै केही नयाँ काम गर्ने हुटहुटीले गर्दा आफू स्वतन्त्र भएर देश र जनताको लागि काम गर्ने स्पष्ट पारे ।

प्रतिक्रिया