वीरगन्ज :

अफगानिस्तानमा मृतकका बुबालाई गोली हान्न लगाएर हत्यारालाई मृत्युदण्ड

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
16Views
0 Shares

अफगानिस्तानमा हत्यामा दोषी ठहर एक अभियुक्तलाई मृतकका बुबालाई गोली हान्न लगाएर सार्वजनिक स्थानमा मृत्युदण्ड दिइएको छ ।

तालिबान सत्तामा फर्किएयता मृत्युदण्ड दिइएको यो पहिलो घटना हो। तालिबानका प्रवक्ताले देशको दक्षिणपश्चिमी फराह प्रान्तस्थित एउटा रङ्गशालामा धेरै मानिस भेला भएको बेला त्यसरी दिइएको बताएका छन् ।

ती अभियुक्तलाई मृत्युदण्ड दिन उनले हत्या गरेका व्यक्तिका बुवाले तीन पटक गोली हानेको तालिबानका प्रवक्ताको विज्ञप्तिमा उल्लेख छ ।

मृत्युदण्ड दिइएको हेर्न तालिबानका अधिकारीहरू पनि उपस्थित थिए । अफगानिस्तानमा न्यायाधीशहरूलाई शरिया कानुनको पूर्ण पालना गर्न निर्देशन दिइएयता यसरी मृत्युदण्ड दिइएको हो ।

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले गत महिना शरिया कानुनअन्तर्गत सार्वजनिक स्थानमा मृत्युदण्ड दिइने, अङ्गच्छेदन गरिदिने र ढुङ्गाले हान्न लगाउने जस्ता सजाय कार्यान्वयन गर्न आदेश जारी गरेका थिए ।

तालिबानका प्रवक्ता जबिबुल्लाह मुजाहिदका अनुसार मृत्युदण्ड हेर्न सर्वोच्च अदालतका न्यायाधीशहरू, सैन्य अधिकारीहरू र वरिष्ठ मन्त्रीहरू पनि सहभागी भएका थिए र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *