वीरगन्ज :

अफगानिस्तानमा भएको आत्मघाती हमलामा मृत्यु हुनेको संख्या ५३ पुग्यो

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
11Views
0 Shares

अफगानिस्तानको राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा गत शुक्रबार भएको आत्मघाती हमलामा परेर ज्यान जाने व्यक्तिको सङ्ख्या ५३ पुगेको अधिकारीहरुले जनाएका छन् ।

अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको जानकारी दिएको हो । मिसनका अनुसार अफगानिस्तानको हाजरा सहरमा शुक्रबार आत्मघाती हमला भएको थियो ।

त्यसैगरी सो आक्रमणमा परेर कम्तीमा पनि ४६ जना अरु व्यक्ति घाइते भएका पनि जनाइएको छ । अफगानिस्तानको पश्चिमी सो सहरको एक शैक्षिक केन्द्रमा सो हमला भएको थियो ।

शैक्षिक केन्द्रमा ठूलो सङ्ख्याका विद्यार्थी जम्मा भएका थिए । उनीहरुले परीक्षाको तयारी गरिरहेका बेला आत्मघाती बम हमला भएको उक्त शिक्षण संस्थाले जानकारी दिएको छ ।

यति धेरै संख्यामा नागरिकको ज्यान जानेगरी भएको हमलाको जिम्मेवारी अहिलेसम्म पनि कुनै समूह या व्यक्तिले लिएको छैन । अफगानिस्तानमा गएको वर्षदिन भन्दा लामो समयदेखि तालिवानीहरुको शासन रहेको छ । त्यहाँ अहिले पनि यसरी हत्या हिंसा गरी नागरिकको ज्यान लिने क्रम रोकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *