वीरगन्ज :

अन्तरिम सरकार बनाएर एक वर्षभित्र निर्वाचन गरौं : राजकिशोर यादव

श्रेणी : प्रदेश

2 days
Pradeep Sah
2.0kViews
1776 Shares

काठमाडौँ, २६ भदौ । जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ मजबुत बनाउँदै वर्तमान राजनीतिक संकटको स्थायी समाधान दिनुपर्ने बताएका छन्।

उपाध्यक्ष यादवले विज्ञप्ति मार्फत सर्वदलीय, निष्कलंक र सक्षम व्यक्तिको नेतृत्वमा वैध ढंगले अन्तरिम सरकार गठन गर्नुपर्ने सुझाव दिएका छन्। उनले भनेका छन्, “अन्तरिम सरकारले एक वर्षभित्र स्वतन्त्र, निस्पक्ष र समावेशी निर्वाचन गराउनेछ। यसैबाट वर्तमान संकटको सही समाधान सम्भव छ।”

यादवको यो अभिव्यक्ति राजनीतिक निकास खोज्ने दृष्टिले महत्वपूर्ण देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *