वीरगन्ज :

अन्तरव्यवस्थापिका सङ्घको महासभामा भाग लिन सभामुख घिमिरे बहराइन प्रस्थान

श्रेणी : राजनीति

2 years
birgunj report
12Views
0 Shares

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका सङ्घको १४६औँ महासभामा सहभागी हुन शुक्रबार साँझ बहराइन प्रस्थान गरेका छन् ।

यही फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मानामामा सञ्चालन हुने महासभामा सहभागी हुन सभामुख घिमिरे नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सांसद रमेश लेखक, हितराज पाण्डे, सन्तोष परियार, राष्ट्रियसभाका सांसद इन्दु कडरिया, सङ्घीय संसद्का महासचिव डा भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई र सङ्घीय संसद् सचिवालयका शाखा अधिकृत राजन घिमिरे छन् ।

महासभामा सभामुख घिमिरेले ‘प्रमोटिङ, पिसफूल को–एग्जिस्टेन्स एण्ड इनक्लुसिभ सोसाइटिज् ः फाइटिङ इनटलरेन्स’ विषयमा जेनेरल डिबेटमा सङ्घीय संसद्का तर्फबाट आफ्नो वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम छ । महासभा अवधिभर प्रतिनिधिमण्डलले विभिन्न बैठकमा भाग लिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *