वीरगन्ज :

अनेरास्वबियूको सँयोजकका लागी पन्त र रेग्मीको दाबेदारी

अनेरास्वबियूको सँयोजकका लागी पन्त र रेग्मीको दाबेदारी

श्रेणी : BANNER

2 years
Pradeep Sah
172Views
0 Shares

काठमाडौं, ६ भदौ । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षबाट सुदेश पराजुलीले बिदा लिने तयारी गरिरहेका बेला संगठनका दुई जना उपाध्यक्षले पनि संयोजकका लागि दाबी गरेका छन् । नेकपा एमाले विभाजन पहिले नै समानान्तर समितिको अध्यक्ष बनेका पराजुलीले अब महाधिवेशन आयोजक कमिटी बनाएर बिदा लिन लागेका हुन् ।

महाधिवेशन आयोजक कमिटी गठनको लागि भदौ ८ र ९ गते संगठनको स्थायी कमिटी बैठक काठमाडौंमा बोलाइएको छ । पराजुलीले संगठनको नेतृत्वबाट विदा लिएपछि महाधिवेशन आयोजक कमिटी संयोजक बन्न संगठनका उपाध्यक्ष केशरी रेग्मी र माधव पन्तले पनि संयोजकमा दाबी गरिरहेका छन् । नेकपा (एमाले)मै रहदाँ रेग्मी अनेरास्वीयुको २१ औँ अधिवेशनमा १६ वर्षकै उमेरमा केन्द्रीय सदस्य बनेकी थिईन भने २२ औँ अधिवेशनबाट सचिवालय सदस्य चयन भएकी थिईन ।

केही नेताले स्थायी कमिटीमा मतदान गरेर संयोजक चयनको उपाय सुझाए पनि नेतृत्वको चाहनामै हुनेछ । २३ औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठनसँगै पराजुली लगायत केही नेता बिदा हुने बताइएको छ । पराजुलीलाई नेकपा एसको केन्द्रीय सदस्य मनोनित गरिने नेताले बताएका छन् । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *