श्रेणी : BANNER
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले अनुहार र पद फेर्दैमा कांग्रेस रूपान्तरणको लक्ष्य प्राप्त नहुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आइतबार निधिले पार्टीभित्र व्यक्ति भन्दापनि दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
रूपान्तरणको कुरा गरिरहँदा तल्लो तहमा बस्ने मानिसको जीवनस्तर कसरी परिवर्तन हुन्छ, पार्टीको एजेन्डा त्यो हुनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘व्यक्ति र परिवर्तन भन्दा पनि दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ । संघीय गणतन्त्र अनुसारको दृष्टिकोणमा परिवर्तन र कार्यान्वयनका लागि तयार रहनुपर्छ ।’
उनले अझै पनि नेपाली कांग्रेसप्रति जनताको भरोसा रहेको भन्दै आगामी चुनावमा गठबन्धन गर्न नहुने उनले बताए । उनले भने, ‘पाँच वर्षसम्म गठबन्धन ठीकै छ, तर त्यसपछिको चुनावमा एक्लै बहुमत ल्याउने तयारी गरौ ।’
प्रतिक्रिया