वीरगन्ज :

अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिन माग गर्दै माइतीघरमा महावीर पुनको नेतृत्वमा धर्ना

श्रेणी : BANNER

2 years
birgunj report
9Views
0 Shares

काठमाडौं । सरकारले आविष्कारको क्षेत्रलाई वेवास्ता गरेको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा शुक्रबारदेखि आन्दोलन सुरु भएको छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सरकार गम्भीर हुनुपर्ने माग राखेर पुनको नेतृत्वमा आन्दोलन सुरु भएको हो । माइतीघर मण्डलामा र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै पुनले नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्न माग गरेका छन् ।

पुनले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने, अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता बढाउनुपर्नेलगायतका माग राखेका छन् । त्यस्तै प्रतिभाशाली सन्ततिहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने, अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवद्र्धन, सन्चालन तथा खरिद ऐन बनाउनुपर्नेलगायतका ११ वटा माग राखेका छन् । आफ्ना मागबारे उनले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जानकारीसमेत गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *