श्रेणी : अन्तर्राष्ट्रिय
बारा,२५ माघ । कलैयास्थित कृषि सामग्री संस्थानको गोदाममा अनुदानको मल भरिभराउ भए पनि किसानले हिउँदे बालीका लागि मल पाउन सकेका छैनन्। समयमा मल नपाउँदा मकै बाली कमजोर भएको किसानहरूको गुनासो छ।
सिम्रौनगढका किसान कमलेशप्रसाद यादवका अनुसार तीन महिनाअघि लगाइएको मकै मल अभावका कारण समयमा सप्रिन सकेको छैन। अनुदानको मलको अभावले किसानहरू महँगो भारतीय मल किन्न बाध्य भएका छन्।
नेपाली अनुदानको मल प्रतिबोरा ९५० केजी० २ हजार २ सय ५० रुपैयाँमा पाइन्छ । भारतीय मल भने एक बोरा ९४५ केजी० ३ हजारसम्म पर्छ । ‘अनुदानको मल कृषि सामग्री संस्थानबाट कोटा प्रणालीले डिलरमा थोरै आउँछ, त्यसमा पनि साना किसानले पाउँदैनन् । सबै पहुँचवालाले नै पाउँछन्,’ उनले भने ।
संस्थानका प्रमुख रविकुमार केसरीले पालिकाहरूले कोटा प्रणालीअनुसार सिफारिस नगरेकाले मल वितरणमा समस्या भएको बताए। गोदाममा हाल ६६७ टन डिएपी र ४ सय बोरा पोटास मल थन्किएको छ। अनुदानको मल लिनका लागि स्थानीय तहले सिफारिस पठाउनुपर्छ ।
बाराका १६ वटा पालिकाका २ सय ४६ सहकारी (बिक्रेता)लाई डिलर तोकेर मल वितरण गर्ने गरिएको छ । ‘मल लैजान पालिकाहरुमा पत्राचार गरिएको छ, तर कुनै पालिकाबाट कोटाअनुसारको मल लैजान डिलरलाई सिफारिस गरेर दिएको छैन’, संस्थानका प्रमुख केसरीले भने ।
अहिलेको ‘लट’मा ६ सय ६७ टन ९१३ हजार ३ सय ४० बोरा० डिएपी र ४ सय बोरा पोटास मल गोदाममा राखिएको छ । सरकारले टेन्डरमार्फत् मल खरिद गरी साल्ट ट्रेडिङ र कृषि सामग्री संस्थानबाट उपलब्ध गराउने गरेको छ । तर पालिकाले सिफारिस नदिँदा अनुदानको मल नपाएपछि किसान भारतीय बजारबाट महँगोमा मल ल्याएर खेतमा हाल्न बाध्य छन् ।
कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ गणेश महराका अनुसार बारामा हिउँदको समयमा ६ हजार हेक्टरमा मकै खेती हुने गरेको छ । उनका अनुसार हिउँदे मकैको उत्पादकत्व बढी हुन्छ । प्रतिहेक्टर ६ दशमलव ४ मेट्रिक टनको दरले उत्पादन हुने गरे पनि यसपटक मल अभावका कारण त्यो अनुसारको उत्पादन नहुने किसानको चिन्ता छ ।

प्रतिक्रिया