वीरगन्ज :

अनुचित कारोबार प्रकरणमा रौतहटका व्यापारी पक्राउ

श्रेणी : अपराध

2 hours
Pradeep Sah
2.9kViews
1595 Shares

रौतहट,०५ चैत । अनुचित लेनदेन (मिटरब्याजी) को आरोपमा रौतहटका एक व्यापारी पक्राउ परेका छन्। चन्द्रपुर नगरपालिका–४ का रामबाबु प्रसाद कलवारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय गौरका अनुसार पीडित रामबाबु महतोको जाहेरीका आधारमा जिल्ला अदालत रौतहट बाट पक्राउ पुर्जी जारी भएपछि कलवारलाई पक्राउ गरिएको हो। पक्राउपछि उनलाई अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

बुधबार अदालतमा उपस्थित गराइए पनि समय अभावका कारण मुद्दाको सुनुवाइ हुन नसकेपछि उनलाई बिहीबार पुनः अदालतमा उपस्थित गराइने तयारी गरिएको छ।

प्रहरीका अनुसार कलवारविरुद्ध यसअघि पनि मिटरब्याजीको आरोपमा पटक–पटक उजुरी परेको थियो। साथै उनीमाथि दोहोरो नागरिकताको विवादसमेत उठेको बताइएको छ।

मिटरब्याजी संघर्ष समितिले समेत उनीविरुद्ध कडा कारबाहीको माग गर्दै आएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *