श्रेणी : BANNER
वीरगंज (पर्सा), ४ असार । मुलुकले विधुत निर्यात गरेर अर्बौ रुपैया आम्दानी गरिरहेको बेला देशको औधोगिक तथा आर्थिक नगरीको रुपमा चिनिने बिरगंजमा अनियमित बिधुत आपूर्तिको कारण स्थानीयबासी निकै कष्टकर जीवन बिताई रहेकाछन । नेपालमा मनसुन प्रवेश गरेपनि बारा र पर्सामा अझै पानी पर्न सकेको छैन, त्यसमाथि पटकपटकको विधुत कटौतीले सर्वसाधारण थप मारमा परेका छन ।
पर्सामा जेठको पहिलो सातादेखि गर्मी बढेसंगै अनियमित विधुत कटौतीले सर्वसाधारणको जिवन थप कष्टकर बन्दै गइरहेको छ । पटकपटक हुने गरेको विधुत ट्रिपीङले बालबालिकादेखि वृद्ध वृद्धासम्मलाई सास्ती भोग्न बाध्य छन भने विधुतिय उपकरणहरुमा समेत क्षति पुगेको छ । बढदो प्रचण्ड गर्मी त्यसमाथि लो भोलटेजका कारण अस्पतालमा कुरुवाहरुले आफ्ना विरामीलाई सहज होस भन्दै आफै विधुतिय पंखा खरिद गरी राखेका छन । छिनछिनमा विधुत आउने जाने समस्याले उद्योग कल कारखानादेखि कार्यालयमा काम गर्ने कर्मचारीसम्मलाई सास्ती छ । गर्मीयाममा विधुत कटौति हुने, ट्रिपीङ हने समस्या कुनै नौलो कुरो होईन । तर नेपाल विधुत प्राधिकरणले दिर्घकालिन सामाधानतर्फ खासै चासो नदेखाएको कारण तराई क्षेत्रका बासिन्दाहरुले प्रत्येक वर्ष अघोषित लोडसेडिङको समस्या झेल्दै आइरहेका छन ।
अहिले वीरगञ्जमा २ सातादेखि रातको समयमा विधुत कटौती हुने गरेको छ । राती सुत्ने समयमा घण्टौँसम्म विधुत काट्नाले बिरगंजबासी निकै मर्कामा परेका छन् । एकातर्फ खानेपानीको अभावले सताइरहेको पर्साबासीलाई अनियमित विधुत कटौतीले थप पिडा थपेको छ । दैनिक हुने अघोषित लोडसेडीङ्गले आफूहरुको दैनिकी जीवननै प्रभावित भएको स्थानीयको गुनासो छ । विधुत ट्रिपीङको समस्याले यहाँका संचारमाध्यम समेत अछुतो रहन सकेन । दिनमा १०÷१५ पटक बिजुलीको लाइन आउनेजाने समस्याले कतिपय संचारकर्मीहरु समयमा समाचार सम्प्रेषण गर्न सकेका छैनन भने कतिपयको विधुतिय उपकरणहरुमा क्षति पुगेको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी बताउँछन् ।
प्रचण्ड गर्मीको बेला यसरी लाईन जानुले उपभोक्ताहरु मारमा परेको भन्दै विभिन्न राजनीतिक दलहरुले ज्ञापन पत्र बुझाई आनदोलन गर्ने चेतावनी समेत दिएका थिए । तर, विधुुत कटोतीको समस्या भने ज्यूको त्यू छ । अघोषित लोडसेंडीङले यहाँका उद्योगी व्यवासीहरु समेत हैरान छन् । पटक पटक लाईन जाने समस्याले उत्पादनमा कमी आएको वीरगञ्ज उद्योग वाणिज्य संघका अधयक्ष अनिल अग्रवालको गुनासो छ । गर्मीयाममा उद्योग कलकारखाना सहित पर्सामा २ सय २० मेगावाट भन्दा बढी विधुतको माग रहेको छ । तर विधुत प्राधिकारण वीरगञ्ज वितरण केन्द्रले जम्मा १ सय ७० मेगावाट आपूर्ति गरिरहेको छ । वीरगञ्जमा मात्रै दैनिक ६० मेगावाट विजुली आपूर्ति भइरहेको छ ।अघोषित लोडसेडिङको समस्याको सम्बन्धमा विधुत प्राधिकरण वीरगञ्जले रेडिमेड जवाफ दिएको छ । माग र आपूर्तिको असन्तुलका कारण विधुत ट्रिपीङको समस्या छ, उक्त समस्याको समाधानका लागि नगरका विभिन्न ठाउँमा ट्रान्सफमर लगाउने कार्य शुरु हुने नेपाल विधुत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार झा बताउछन् । नेपाल सरकारले पेट्रोलियम पदार्थलाई बिस्थापित गर्दै विधुतिय सवारीसाधन र चूलोको प्रयोगलाई प्रोत्साहित गर्ने भनेपनि पटकपटकको अनियमित विधुत कटौतीले विधुतिय सामाग्रीको प्रयोग प्रति सर्वसाधारणको आकर्षण घट्दै गईरहेको छ । यसतर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी छ । वीरगंज टाईम्स
प्रतिक्रिया