वीरगन्ज :

अनियमितताको विषयमा संसद सदस्यको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु बिडम्बनाः शेखर कोइराला

श्रेणी : BANNER

2 years
birgunj report
5Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद सदस्यले कुनै शंकास्पद अनियमितताका सम्बन्धि विषय उठाउने र दलका शीर्ष नेता बसेर त्यसलाई हटाउन सहमति गर्नु बिडम्बना भएको बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत कोइरालाले सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिंदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘कस्तो विडम्बना ! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियता सम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरुप कार्य गर्ने । सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिंदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र ? हामी हाम्रो सांसदको गरिमालाई कता लैजाँदैछौं । के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो ? संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा संचार जगत पनि छन भन्ने कुरा बुझौं ।’

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएपछि एमालेले जेठ १२ गतेको संसद बैठक अवरुद्ध पारेको थियो । शनिबार शीर्ष नेताहरुबीच दाहालको सो अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएपछि संसद सचिवालयले रेकर्डबाट हटाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *