वीरगन्ज :

अनलाइन सट्टेबाजीमा संलग्न १७ जना पक्राउ

श्रेणी : अपराध

4 weeks
Pradeep Sah
2.6kViews
1643 Shares

काठमाडौं,२१ जेठ । नेपाल प्रहरीले अनलाइन जुवा (सट्टेबाजी) खेल्ने र खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पाँचजना भारतीय नागरिक र १२ जना नेपाली नागरिकलाई सोमबार पक्राउ गरेको हो ।

विभिन्न देशका नागरिकलाई ह्वाट्सएप र टेलिग्राममार्फत सम्पर्कमा ल्याई विभिन्न अनलाइन बेटिङ साइटहरूको प्रयोग गरी व्यावसायिक रूपमा अनलाइन जुवा खेल्ने–खेलाउने काम भएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुरको जैनखेल भ्युटावरस्थित एक घर र नख्खुको सनराइज अपार्टमेन्ट बाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट १४ थान ल्यापटप, ६० थान मोबाइल, विभिन्न बैंकका चेकबुक र नौ थान बचत पासबुक, विभिन्न व्यक्तिका नामको १५ थान भिसा कार्ड, चार थान नेपाली राहदानी र चार थान भारतीय राहदानी समेत बरामद गरेको छ ।

उनीहरूले ८१ करोड ४७ लाख ५७ हजार ४ सय ४६ रुपैयाँ ४० पैसाबराबरको अनलाइन जुवा कारोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *