
श्रेणी : अपराध
वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट अनलाइन जुवा (सट्टाबाजी)खेलाउने गिराेहका नाइकेलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारत बिहारकाे माेतिहारी जिल्लाकाे देवपुर घर भएका २३ बर्षिय रविशंकर ठाकुर रहेका छन् ।
वीरगंज महानगरपालिकाकाे वडा नम्बर १२ मूर्लीमा एउटा घरमा काेठा भाडामा लिई ल्यापटप र कम्प्युटर लगायतका विद्युती सामग्री राखेर अनलाइन जुवा (सट्टाबाजी) खेलाउँदै आएका ठाकुरलाई प्रहरीले शनिबार पक्राउ गरेकाे हाे । उनकाे काेठाबाट विभिन्न ब्रान्डका ल्यापटप ९ थान, राउटर २ थान, हेडफाेन ६ थान, ल्यापटप चार्जर ९ थान, किबाेर्ड ८ थान, पेन ड्राइभ २ थान, माेबाइल २ थान, डिभाइस १ थान, माउस ९ थानर क्यामेरा २ थान बरामद गरिएको प्रहरी उपरीक्षक गाैतम मिश्रले जानकारी दिए ।
पक्राउ गरिएका ठाकुरलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर थप अनुसन्धान भइरहेको मिश्रले जानकारी दिए ।

प्रतिक्रिया