श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौं,२१ माघ । ‘बेटिङ एप्लिकेसन’ मार्फत अन्तर्राष्ट्रिय स्तरमा सञ्चालन हुने अवैध अनलाइन जुवा र सट्टेबाजीमा संलग्न २४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा १० भारतीय र १४ नेपाली नागरिक छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार ललितपुरको सानेपास्थित दुई घर भाडामा लिएर व्यावसायिक रूपमा अनलाइन जुवा सञ्चालन भइरहेको थियो। पक्राउ परेकाहरूले आठभन्दा बढी ‘बेटिङ साइट’को प्रयोग गरी भारतीय एजेन्टहरूसँग सम्पर्क गरी अफलाइन अवैध खेल खेलाएको खुलेको छ।
प्यूठानका टङ्कबहादुर पछाई, रवि विष्ट, लक्ष्मण विष्ट, अविनाश जीसी, हरिबहादुर जीसी, समीर खड्का, विक्रम पछाई, अशोक जीसी, सुजन जीसी र गोपाल विष्ट,डोटीका तेज बोगटी,सुर्खेतका भीष्म वली र हेमन्त लोहनी,दार्चुलाका हेमन्त धामी
भारतीय नागरिक:अजितकुमार, मुकेश मण्डल, मनोज कुमार, सुमित खत्री, प्रबात कुमार, ओमप्रकाश खत्री, रविप्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डेय र मनोजप्रकाश कुमार छन् ।
बरामद सामाग्री र कारोबारको तथ्यांक
प्रहरीले पक्राउ परेकाहरूको साथबाट ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान बैंकको एटीएम कार्ड, ८८ थान सिम कार्ड, १२ थान चेकबुक, ८ थान भारतीय आधारकार्ड र ६ थान राहदानी बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले तीन अर्ब चार करोड ७३ लाख ५६ हजार रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको देखिएको छ।
पक्राउ परेकाहरूलाई मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार कारबाही प्रक्रिया थालिएको छ।
प्रतिक्रिया