वीरगन्ज :

अध्यादेशले अर्थतन्त्रलाई चलायमान बनाउन सशक्त भूमिका खेल्ने अर्थमन्त्री पौडेलकाे दाबी

श्रेणी : अर्थ

7 months
Pradeep Sah
1.6kViews
1617 Shares

काठमाडौँ, २५ माघ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र चलायमानका लागि निरन्तर रूपमा काम गर्दै आइरहेको बताएका छन् ।

बिहीबार बजेटको मध्यावधि मूल्याङ्कनबारे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले अहिलेको अध्यादेशले अर्थतन्त्रलाई चलायमान बनाउन सशक्त भूमिका खेल्ने बताएका हुन् ।

उनले भने, “अर्थतन्त्र चलायमान बनाउनका निम्ती पोलिसी मेर्थटमा पनि हामी काम गरिरहेका छौँ । अहिलेको अध्यादेश पनि अर्थतन्त्रलाई चलायमान बनाउन सशक्त भूमिका खेल्नेछ । अध्यादेशले मुख्यतया अर्थथन्त्र बढाउनेमा आत्मविश्वास दिलाएको छ ।”

साथै उनले जति पनि काम गरेको छ सरकारले त्योभन्दा अझैँ राम्रो काम गर्ने सङ्कल्प सरकारले लिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *