वीरगन्ज :

अध्यादेशको विरोधमा अनेरास्ववियुको प्रदर्शन

श्रेणी : BANNER

2 years
birgunj report
114Views
0 Shares

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले सरकारविरुद्ध प्रदर्शन गरेको छ। अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले अपराधीहरुलाई अध्यादेश ल्याएर उन्मुक्ति दिन लागेको भन्दै क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।

सरकारले कानुनी राज्यको धज्जी उडाउँदै संविधानमाथि ठाडो हस्तक्षेप गरेको अनेरास्ववियुको आरोप लगाएको छ प्रदर्शनपछि घण्टाघर अगाडि आयोजित कोणसभामा विद्यार्थी नेताहरुले अपराधीहरुलाई छुटाउन अध्यादेशको सहारा लिन खोजेको भन्दै सरकारको आलोचना गरेका थिइ ।

उनीहरुले रेशम चौधरीको बहानामा कांग्रेस नेता मोहम्मद अफ्ताव आलमलाई छुटाउन खोजिएको आशंकासमेत गरेका छन् । आइतबार साँझ अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको छ । प्रतिनिधिसभाको निर्वाचन भई परिणाम अन्तिम हुन लागिरहेका बेला सरकारले अध्यादेश सिफारिस गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *