वीरगन्ज :

अध्यक्ष डा. सीके राउतलाई पद त्याग्न २४ घण्टे अल्टिमेटम : जनमत पार्टीमा नेतृत्व संकट

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.1kViews
1287 Shares

काठमाडौं,०२ असोज । जनमत पार्टीभित्र नेतृत्व संकट गहिरिँदै गएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादवसहित ६ जना शीर्ष नेताले अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई पद त्याग्न २४ घण्टे अल्टिमेटम दिएका छन्।

सामूहिक रूपमा अध्यक्ष राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई सम्बोधन गरिएको पत्रमा पार्टीको विश्वसनीयता र जनआस्था जोगाउन स्वेच्छिक राजीनामा आवश्यक रहेको उल्लेख गरिएको छ। नेताहरूले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशमा ऐतिहासिक मोड ल्याएको तर पार्टी नेतृत्वले त्यसप्रति उचित प्रतिक्रिया दिन नसकेको गुनासो समेत गरेका छन्।

पत्रमा शीर्ष नेतृत्वको कमजोर कार्यशैली, निर्णयमा पारदर्शिताको अभाव र जनभावनासँग विमुख गतिविधिले पार्टीको उद्देश्य कमजोर भएको आरोप लगाइएको छ।

राजीनामा माग गर्ने नेताहरूमा उपाध्यक्ष खान र प्रवक्ता यादवसहित सञ्जयकुमार यादव, सीके सिंह, राजाराम चौधरी र विक्रमबहादुर बल रहेका छन्।

यो घटनापछि अध्यक्ष राउतको नेतृत्वमा गम्भीर चुनौती थपिएको देखिन्छ भने पार्टी नेतृत्वले अब कस्तो प्रतिक्रिया दिने हो भन्नेमा राजनीतिक वृत्तमा चासो बढेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *