श्रेणी : प्रदेश
2.5kViews
1756
Shares
धनगढी,२६ पुस । कैलालीको धनगढीमा अटोरिक्सामा यात्रा गर्ने क्रममा बेहोस भएका ४६ वर्षीय भुवन खत्रीको उपचारका क्रममा मृत्यु भएको छ।
बिहीबार शहीदगेटबाट चौराहातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८८७ नम्बरको अटोरिक्सामा सवार खत्री एक्कासि बेहोस भएका थिए। उनलाई उपचारका लागि तत्कालै माया मेट्रो अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।
घटनासम्बन्धी अनुसन्धानका लागि अटो चालक नारायण थापा र सँगै सवार मन्जुरी खानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले बताए।
मृतक खत्रीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
प्रतिक्रिया