वीरगन्ज :

अझै पर्साकाे दुई पालिकाकाे सभा नहुँदा बजेट आउन सकेन

श्रेणी : अर्थ

7 months
Pradeep Sah
1.6kViews
1405 Shares

वीरगंज । पर्साकाे दुई पालिकाकाे सभा नहुँदा आर्थिक बर्ष २०८१/०८२ काे बजेट आउन सकेकाे छैन । असार १० गते सम्म गरि सक्नु पर्ने सभा अहिले सम्म नहुँदा पर्साकाे बहुदरमाई नगरपालिका र जिराभवानी गाउँपालिकाकाे बजेट आउन सकेकाे छैन ।

अहिले सम्म पर्साकाे वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, पाेखरिया नगरपालिका, सखुवा प्रसाैनी गाउँपालिका, ठाेरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, पटेर्वा सुगाैली गाउँपालिका, कालिकामाई गाउँपालिका, धाेबिनी गाउँपालिका, छिपहरमाई गाउँपालिका, पकहाँ मैनपुर गाउँपालिका र बिन्दवासिनी गाउँपालिकामा सभा भएकाे छ ।

जिल्लाकाे १२ पालिकामा सभा सम्पन्न भएपनि आधा मात्र पालिकाहरुमा खाता संचालनमा आएका छन् । वीरगंज महानगरपालिका, पाेखरिया नगरपालिका, सखुवा प्रसाैनी गाउँपालिका, ठाेरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, पटेर्वा सुगाैली गाउँपालिकामा मात्र खाता संचालनमा आएकाे जानकारी प्राप्त भएकाे छ । वाकी सभा सम्पन्न भएका पालिकाहरु खाता संचालन हुने पक्रियामा रहेकाे बुझिएकाे छ ।

अझै सम्म सभा नहुने पालिकाहरुमा दशैंमा समेत कर्मचारी र शिक्षकहरु तलब खान पाउँन्छन् की पाउँदैन अन्याैल बढेकाे छ । बहुदरमाईकाे नगर सभा र जिराभवानीकाे गाउँ सभा नहुँदा दशैंमा दुबै पालिकामा समाजिक सुरक्षा भत्ता समेत वितरण नहुने सम्मभवान बढेकाे छ ।

यी दुबै पालिकामा जनप्रतिनिधिहरु बिच बजेटमा भागभण्डा नमिल्दा सभा अन्याैल भएकाे हाे । सभा नहुँदा विकास निर्माणकाे काम समेत प्रभावित भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *