वीरगन्ज :

अझै केही दिन गर्मी बढ्ने

श्रेणी : समाचार

2 years
birgunj report
119Views
0 Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा दिनप्रतिदिन तापक्रम बढ्दो क्रममा रहेकाले सजग रहन आग्रह गरेको छ । महाशाखाले बुधबार विज्ञप्ति जारी गरी अत्यधिक गर्मीबाट स्वास्थ्यमा असर पर्न सक्ने जानकारी दिँदै होसियारी अपनाउन आग्रह गरेको हो ।

महाशाखाले केही दिनदेखि देशका अधिकांश भूभागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको जनाएको हो। काठमाडौंलगायत देशका अन्य उपत्यकामा समेत तापक्रम क्रमिक वृद्धि भइरहेको र तराईमा त अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी देखिएको बुलेटिनमा उल्लेख गरिएको छ।

महाशाखाले भनेको छ,’देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु को सम्भावना यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *