
श्रेणी : अन्तर्राष्ट्रिय
2.6kViews
1150
Shares
काठमाडौं,१७ पुस । अजरबैजान र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्साको वीरगन्ज महानगरपालिका–१६ घर भएका ३० वर्षीय जयप्रकाश चौरसिया र भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घर भएका २७ वर्षीय आकाश दुलाल छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
चौरसियाले अजरबैजान पठाउने भन्दै ४ लाख र दुलालले दुबई पठाउने भन्दै तीन लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
पक्राउ परेकाहरूलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।


प्रतिक्रिया